• २०८१ मङ्सिर २२ गते शनिवार

दैलेखमा अतिक्रमित भूमि फिर्ताको माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

भावना हमाल पढ्न लाग्ने समय : २ मिनेट
बैशाख ३०,दैलेख । युवा संघ नेपाल दैलेख र अनेरास्ववियू दैलेखले सिमानामा काँडेतार लगाउन सरकारसँग अपिल गरेका छन् । सिमा अतिक्रमण सम्बन्धमा अनेरास्ववियू दैलेख र राष्ट्रिय युवा संघ नेपाल दैलेखले भारतका विरुद्धमा टाउकोमा कलो पट्टी र छातीमा बिरोध प्ले कार्ड सहित बजार परिक्रमा संगै जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेका हुन् ।
कोभिड १९ ले बिश्वभर आक्रान्त भैरहेको समयमा भारतीय पक्षद्धारा तावाघाट लिपुलेक हुदै मानसरोवर तर्फ जान, हाम्रो देशको व्यास नगरपालिका वडा नं १ को गुन्जी देखी लिपुलेक सम्मको भुभाग मिचेर २२ किलोमिटर लामो सडक निर्माण गरी शिलान्यास भएको छ । तत्काल कुटनीतिक पहल कदमीबाट उक्त कार्य रोक्न रोकाउन र सम्पुर्ण हाम्रा मिचिएका भुमि फिर्ता गर्न गराउन बिशेष पहल दैलेखबासी आम देश भक्त, प्रगतिशील वामपन्थी युवा, तथा विधार्थीहरुले जोडदार माग गरेका छन् ।

हाम्रो एतिहास कसैसंग नझुकेको र कहिल्यै पराधिन नभएको गर्विलो छ । विर पुर्खाहरुको त्याग, रगत, तपस्या र बलिदानबाट निर्माण भएको हाम्रो देश दर्जन भन्दा बढि ठाउँमा मिचिएको तथ्यरु सार्वजनिक हुनु दु.खद् छ । उक्त बिषयलाई लिएर बारम्बार खबरदारी गर्दै आएका छौँ । हामी दुई देश बिचको आपसी सम्बन्ध समानता, समान सर्वभौमसत्ता, राष्ट्रिय एकता , भौगोलिक अखण्डता, दुई पक्षिय समान र हितका आधारमा हुनुपर्छ भन्ने बिश्वास गर्दछौँ । इतिहासका सत्य तथ्य प्रमाणहरुलाई संकेत कुचल्दै असल छिमेकीको सम्बन्धमा समेत प्रश्न उब्जाउने गरी भारत ले देखाएको विस्तार वादि रबैया सुगौली सन्धिको समेत विरुद्धमा छ ।
सिमाना रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्न र सिमा सम्बन्धि दीर्घकालिन समस्या हल गर्नको लागि उच्च तहमा निर्णायक पहल गर्न सरकारलाई ज्ञापनपत्र पेश गरेको अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दसौदीले बताए ।
ज्ञापन पत्र ।

प्रतिक्रिया दिनुहोस