बैशाख ३०, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेस्थायी कमिटीको बैठक बस्ने भएको छ । नेकपा महासचिव विष्णु पौडेलले बुधबार बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको बताउनु भएके छ ।
बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।