• २०८२ जेष्ठ २ गते बिहिवार

भुमहीमा नेविसंघ र तरुणदल नवलपरासीकाे चरणबद्ध भारत विरुद्ध प्रदर्शन

मनिष कुमार अधिकारी पढ्न लाग्ने समय : ३ मिनेट
बैशाख ३०, पश्चिम नवलपरासी । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले मगंलबार सुनवल १२ भुमही बजारमा भारतीय विस्तारवाद विरुद्ध चरणबद्ध रुपमा आफ्नाे प्रदर्शन कार्यक्रम मगंलबार सम्पन्न गरेकाे छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक भएपछि नेविसंघ पश्चिम नवलपरासीले त्यसको विरोध गर्दै पर्दशन गर्दै आएकाे छ ।
काेराेना महामारीका कारण भाैतीक दुरी कायम गर्दै सानाे सानाे समूह हुँदै जिल्लाका विभिन्न स्थानहरुमा विद्यार्थी नेता , तरुण नेता तथा पार्टीका नेताहरुकाे उपस्थितिमा नेविसंघ पश्चिम नवलपरासीले आफ्नाे रचनात्मक विराेध प्रदर्शन गरेकाे छ । नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलकाे अध्यक्षतामा सम्पन्न विराेध कार्यक्रम सांकेतीक प्रदर्शन हुँदै काेण सभामा परिणत भएको थियाे । कार्यक्रमकाे काेण सभालाई सम्बाेधन गर्दै पाैडेलले सन् १८१६ मा नेपाल र ईस्ट ईन्डिया कम्पनि बिच सुगाैलि सन्धि हुदा सिमाना महाकालि नदि ताेकिएकाे र त्यसकाे मुहान कालिनदि रहेकाेले भारत द्वारा अतिक्रमण गरिएकाेमा ३६८ बर्ग किलाेमिटर जग्गा नेपाल लाई फिर्ता गर्नुपर्ने तथ्य रहेकाे बताए । पाैडेलले यदि भारतकाे यहि ज्यादती कायम रहेमा र भुभाग फिर्ता नगरेमा नेपाल बिद्यार्थी संघ सबै प्रमाणहरु सहित अन्तर्राष्ट्रिय अदालत सम्म जाने बताए । काेण सभालाई सम्बाेधन गरेका नेविसंघ निवर्तमान सभापति पाैडेलले आफ्नाे जन्मदिनमा हेलिकप्टर चार्टर गरेर केक बाेकि काट्न सक्ने प्रधानमन्त्रि खड्क प्रसाद अाेलिलाई प्लेन चार्टर गरेर भारतिय प्रधानमन्त्रि आफ्ना समकक्षी नरेन्द्र माेदिसँग बार्ता गर्न जान अाग्रह गर्दै नेपाल सरकारसँग प्लेन चार्टर गर्ने पैसा नभए नेपाल बिद्यार्थी संघले चन्दा उठाएर प्लेन चार्टर गरिदिने चेतावनी दिए ।
त्यस्तै नेविसंघ नवलपरासीका नेता अविनाश रेग्मिले नेपालमा जब जब विपत्ती परिरहदा भारतले त्याे समयमा आफ्नाे विस्तारवादी चरित्र देखाएकाे बताए । तथ्य पेस गर्दै रेग्मीले मदन भण्डारी र जिवराज आस्रित मृत्यु सङ्गै महाकाली सन्धि भएको, १२ बुदे सम्झौता सङ्गै लिपुलेक र लिम्पियाधुरा, महाभुकम्प सङ्गै नाकाबन्दी र कोरोना भाइरस सङ्गै भारतको बलमिच्याई देखिएकाे बताए । यस्तै काेण सभालाई सम्बाेधन गरेका नेविसंघ नेता किशाेर गैरेले सदियौ देखि भारतिय बिस्ताबादी रणनीति नेपाल माथी हुँदै आइरहेको र याे सबैकाे कारण वर्तमान राजनीति प्रणाली र नेतृत्व रहेकाे बताए । गैरेले भारतको बिस्तारबादी चरित्र जतिकै खतरा चीनको हेपहा प्रबृती पनि भएको सिंहदरबार अगाडि चिनियाहरुले प्रहरी माथी आक्रमण गर्ने दुस्साहस र भारतले त्यही चीनसङ्ग सम्झैता गरि लिपुलेकमा डोजर चालाउने दुस्साहस कसरी गर्नुमा हाम्रै नेताको लम्पसारबादी निति कारक रहेकाे बताए । उनले हिजो हाम्रा पुर्खाले बेलायती साम्राज्यवाद सङ्ग लडेर जोगाएको देश हाम्रो पुस्ताले अब बिस्तारबाद र बल मिच्याइको विरुद्ध लडेर नया ईतिहास लेख्ने समय आइसकेको कुरामा चिन्तन गर्न सम्पूर्ण राष्ट्रप्रमी युवाहरुमा आह्वान समेत गरे ।
विराेध प्रदर्शन कार्यक्रम नेविसंघ पश्चिम नवलपरासीका जिल्ला सदस्य चेतनारायण भण्डारीकाे सञ्चालनमा भएको थियाे । कार्यक्रममा नेविसंघ नेताहरु सुरज पाण्डे, युवराज पाण्डेय, नेविसंघ सुनवल नगरसभापती प्रदिप अर्याल, आशिष घर्ती, तरुण दल जिल्ला सदस्य सुशील भुर्तेल, तरुण दल सुनवल ११ सभापति प्रविण थापा, तरुण दल सुनवल ११ काेषाध्यक्ष चिरन डुम्रे, नेपाली काङ्ग्रेस नगर सचिव कमल चुल्वाई, नेपाली काङ्ग्रेस सुनवल ११ काेषाध्यक्ष कमल पाण्डेय, नेपाली काङ्ग्रेस सुनवल ११ सचिव कुलानान्द पाण्डेय, साबिक रामनगर तरुण दल सचिब पुर्षोतम पाण्डे लगाएतकाे सहभागीता थियाे । विराेध प्रदर्शन कार्यक्रममा भाैतीक दुरि कायम राख्दै लम्पसार सरकार राजिनामा दे, भारतीय विस्तावाद मुर्दावाद लगायतका नारा लगाएकाे नेविसंघ नेता सुरज पाण्डेयले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस