• २०८१ असोज २६ गते शनिवार

बर्दिया प्रहरीले नेपालगन्ज ल्याउदै गरेको १६० बोरा मेघाश्री पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट
बैशाख ३०, बर्दिया । लकडाउनको समयमा सुर्तिजन्य पदार्थ लैजादै गरेको अवस्थामा बर्दिया प्रहरीले ठूलो परिमाणमा मेघाश्री गुटखा बरामद गरेको छ। कैलालीबाट बाँकेको नेपालगन्ज तर्फ ना.५ख.७५८६ नम्बरको ट्रकमा लैजादै गरेको अवस्थामा बाँसगढी नगरपालिका वडानम्बर ५ बाट ट्रक सहित १ सय ६० बोरा गुटखा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बिल अनुसार १४ लाख ४० हजार मूल्य बरावरको गुटखा वरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले वताए । लकडाउनका समयमा सुर्तिजन्य पदार्थ अत्यावश्यक सामाग्री भित्र नपरेको र लकडाउन उलंघन गरि कारोवार गरेका कारण सुर्तिजन्य पदार्थ पक्राउ गरिएको खड्काले जानकारी दिएका छन्। नेपालमै बनेको भएता बिगतका समयमा मेघश्रीले बारम्बार राजश्व छली गर्ने गरेको पाइएको हुँदा यसपटक पनि राजश्व छलि गरिएको छ वा छैन थप अनुसन्धान गरि कारवाहि प्रकृया अगाडी बढाईने प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
वरामद भएको ट्रक सहितको गुटका अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाँसगढीमा राखिएको छ । लकडाउन भएसंगै सुर्तिजन्य पदार्थहरुको अभाव हुदा यसका उपभोक्ताहरुले बढी मूल्य तिरेर सेवन गरिरहेको पाईएको छ ।
प्रतिक्रिया दिनुहोस