• २०८१ फाल्गुन २ गते शुक्रवार

आजको मौसम : पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको प्रभाव रहेको कारण हाल देशको पूर्वी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने राती देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागका एक(दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस