मानव जातीको अस्तित्व नै धरापमा पर्ने गरि आएको यो महामारीको हावाले हामी सबैलाई सोच्न बाध्य बानएको छ । वास्तविक धैर्यको परिक्षा दिने बेला हो यो, जति सजग र शान्त भयर हामी आआफ्नै ठाउँमा बस्न सक्छौं तेति नै तीब्र रुपमा यो महामारीको अन्त्य हुँदै जानेछ ।
पृथ्वी नै संकटमा परेको बेला हामी र हाम्रो देश मात्र अछुतो रहने त कुरै भएन । चारैतिर भयावह स्थिती छ तेसैको बिचमा छौं हामी नेपाली अनि हाम्रो नेपाल । हामी ले बुझ्न् के जरुरी छ भने जुन स्थितीको सामना अहिले हामी गर्दै छौं, यो त अन्य मुलुकमा फैलियेको संक्रमण को साइड इफेक्ट मात्र हो, अन्यत्र फैलिएको महामारीको त नेपाल र नेपालिको हालत येस्तो छ भने सोच्नुस त साचै नेपालमा पनि चिन, स्पेन, इटाली, फ्रान्स, अमेरिका जस्तो संक्रमण फैलियो भने के हालत होला ? के हामी पनि तेसरी नै जुध्न सक्छौं त ? अथवा सक्षम छौं त ? १८ १९ दिन घरमा मात्र त बस्न सकेको छैनौ भने त्यो स्थितीमा हामी आफू साथै अरु लाई बचाउन कत्तिको सामर्थ्य छौं सोचनिय कुरा रहेको छ र गम्भीर चुनौती पनि ।
सरकारलाई संक्रमण फैलिन नदिन लकडाउन गर्नु परेको पनि छ अनि यसलाई धान्नु पनि परेको छ । जनताको दैनिकी कष्टकर बन्दै छ त्यसलाई सम्बोधन पनि गर्नु परेको छ । तर के यि जिम्मेवारी सरकारको मात्र हो त ? कि हामी आम जनताको पनि तेत्तिकै भुमिका रहन्छ ? भुमिका रहन्छ भने मुखैमा मात्र सिमित गर्ने कि व्यवहारमा पनि उतार्ने ? राज्यले सहि गर्यो, गलत गर्यो, ढिलो गर्यो वा अलि हतार गर्यो जे भए पनि अति बिपन्न र समस्यामा परेकालाई भनेर राहत बितरणको काम अगि सार्यो स्थानिय तहले यसको सके जति व्यवस्थापन गर्दै अगि बडायो । जनप्रतिनिधि, समाजसेवि, लगायत बिभिन्न व्यक्तिहरु लागेर छोटो समयमा सबै कुराको तयारी गर्दै राहत बितरण पनि गर्यो । होला केही पाउनै पर्ने मानिसहरु छुट्न सक्छन, त्रुटि हुन सक्छ तर राहत शब्दको नै धज्जी उडाउदै त्यो लाइन बस्ने पनि त हामी जनता नै होइनौं र ? धेरै जनामा छनोट गर्दा केही छुट्नु साधारण कुरा हो जसलाई सच्याउन सकिन्छ तर यहि नै हो मौका भन्दै त्यो भोको पेटलाई दिएको राहत लिनको लागि दौडधुप, भनसुन, छलकपट गरेको देख्दा मानवता साच्चै संकटमा परेको जस्तो अनुभव भयो । कुनै भाइरसले होइन मानिसको लोभले, डाहले, अनि अमानवीय व्य्वहारले ।
सिङ्गो मानव जाती नै संकटमा परेको बेलामा पनि मानवता भन्ने रहेन भने अरु के आश गर्ने ? एकजुट भएर हातेमालो गर्दै संकटको सामना गर्नु पर्ने बेलामा पनि हामी आ आफ्नो स्वार्थ भन्दा माथी उठ्न नसक्नु भनेको बिडम्बना नै हो । पत्रकारलाई समाचार चाइएको छ सत्य होस वा असत्य, व्यापारी लाई धन चाइएको छ साधारण समय होस वा महामारी, जनप्रतिनिधिलाई अर्को चोटीको भोटको चिन्ता छ भने कर्मचारीलाई कमिशन , कसैलाइ फोटो खिचाएर सेलेब्रेटी बन्नु छ त कसैलाई तेसैको टिकाटिप्पणि ।
अन्त्यमा एकतामै सबैभन्दा धेरै शक्ति हुन्छ समयमै एक ढिक्का भएर संकट को सामना गरौं मानव सभ्यताको जगेर्ना गरौं ।
सिटौला तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हुनुहन्छ ।