• २०८० चैत्र १६ गते शुक्रवार

तपाईको आज

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वि.सं. २०७६ फागुन १। बिहीबार। इ.स. २०२० फेब्रुवरी १३। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। पञ्चमी, २६:१६ उप्रान्त षष्ठी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा लगानी घट्नेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ। पारिवारिक सद्भाव बढ्नेछ। आध्यात्मिक सन्तुष्टि मिल्नेछ।अध्ययमा रुचि बढ्नेछ। स्थानान्तरण हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । रोगबाधक क्षमता वृद्धि हुनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। चोटपटक लाग्न सक्छ। राजनीतिक अन्योलता बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीतीक दायित्व बढ्नेछ। रोजगारमा विवाद उत्पन्न हुनेछ। आलस्यता बढ्नेछ। मित्रको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। शत्रु सक्रिय हुनेछन्। अध्ययन÷अध्यापन फलदायी रहनेछ। आयआर्जनमा कमी आउनेछ। बुद्धि बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आर्थिक सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या प्राप्ति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। भूमि, वाहन खरिद गरिनेछ। शत्रु सक्रिय हुनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यावसायिक हानि हुनेछ। धन सञ्चित हुनेछ। रोजगारमा प्रगति हुनेछ। स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ। चञ्चलता बढ्नेछ।

प्रतिक्रिया दिनुहोस