• २०८० फाल्गुन १० गते बिहिवार

मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप भब्य रुपमा उद्घाटन

खबर24 नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित अन्तर बिश्व विद्यालय फुटसल प्रतियोगिताको उद्घाटन गरिएको छ । विशेष कार्यक्रम गरि धन्वन्तरी फुटसल भत्केको पुलमा राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमल्सेनाद्वारा उद्घाटन गनर्सभएको हो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महर, मदन भण्डारी स्पोर्ट्स एकेडेमी महासचिव वचन देउजा, सचिव सांसद सीता लामाको उपस्थिती रहेको थियो । कार्यक्रमममा अनेरास्ववियु केन्द्रिय नेताहरु, स्पोर्ट्स एकेडेमीको नेताहरुको उपस्थिति समेत रहेकोे थियो । कार्यक्रमको साभापतित्व नारायण घर्ती र सन्चालन संजय दुवाडिले गनुभएको थियो ।

१६ टिमको सहभागी भएको प्रतियोगिता आज १० टिम बिचको खेल सम्पन्न भएको छ। प्रतियोगिता लिग एण्ड नकाउट खेल हुनेछ। खेल फागुन २ गते सम्म संचालन हुनेछ। प्रथम हुने टिमलाइ नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको ब्यबस्था छ भने ,द्धितिय टिमलाइ नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको ब्यबस्था छ।

समापन तथा पुरस्कार बितरण कार्यक्रम फागुन २ गते खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस