• २०८१ बैशाख १३ गते बिहिवार

बडिमालिका ८ मा ५ छाउगोठ भत्काइयो, छाउभएको समयमा बिद्यायलय समेत जांदैनन् शिक्षिका ।

पढ्न लाग्ने समय : २ मिनेट

राजेन्द्र बहादुर रोकाया

पौष २७, बाजुरा । बडिमालिका नगरपालिका वडा नम्बर आठ अन्र्तगत पर्ने रतुडा टोलमा ५ ओटा छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको बडिमालिका नगरपालिका ८ का वडा सदस्य नरबहादुर ऐडीले बताउनुभएको छ ।

छाउ भएको समयमान परियारका सदस्य संगै बसेर लापर्बाही गरेमा देबी देउता रीसाउने र देबी देउता बढी मान्ने ठाउ रतुडा भएकाले छाउगोठ देख्न पाइएको बुढापाखा बताउछन् । तर त्यस्तो अन्धबिश्वासमा नबस्न भनी बुढापाकालाई सम्झाउदै आजै पाँच ओटा छाउगोठ भत्काएको बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावलले बताउनुभयो । उहांले उक्त ठाउमा धेरै प्रयास पछि आज छाउगोठ भत्काउन सफल भएको बताउनुभएको छ । बडिमालिका नगरपालिका ८ मा धार्मीक स्थलहरु बढी चर्चित भएकाले त्यंहाँका महिलाहरुले आज सम्म पनि छाउगोठमा बस्नु पर्ने बाध्यता छ त्यसेले छाउगोठ भत्काउन नहुने बडिमालिका नगरपालिका ८ रतुडाकी महिला काली ऐडीले बताउनुभयो । देबीदेउता मान्नु स्वभाविक भएपनी छाउगोठमा बस्नु गलत प्रथा भएको रावलको भनाई थियो । उहाँले कतिपय ठाँउमा महिलाको छाउगोठमै मृत्यु हुने गरेको हुंदा स्वयम महिलाको ज्यानको रक्षाका लागी उक्त अभियान संचालनमा निन्तरता दिएको बताउनुभयो । बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावलका अनुसार उक्त स्थानमा जयप्रकाश आधारभुत बिद्यालय छ । उक्त बिद्यायलयमा पढाउने शिक्षीका छाउ भएको समयमा बिद्यालय नजाने गरेको बताउनुभयो ।

शैक्षिक संस्था जस्तो गैर जिम्बारी ठाउमा छाउ प्रथा मान्नु गलत भएको वडाध्यक्ष रावलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीमा बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, वडा सदस्य नरबहादुर ऐडी, नेबिसंघ ाकठमाण्डौं बाजुरा सम्पर्क समितीका उपाध्यक्ष खडक बडुवाल, पत्रकार महांसंघ जिल्ला साखा बाजुराका सदस्य लक्ष्मीराज पाध्या, नेपाल प्रेस युनियन बाजुराका बरीष्ठ उपाध्यक्ष मानबहादुर ऐडी बिद्यार्थी नेता बिरेन्द्र ऐडी लगाएतको युवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस