• २०८२ जेष्ठ १ गते बुधवार

पूर्वाधार विकास कार्यालय लेखा अधिकृत बिष्णुहरी पुडासैनी घुस सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २७ ललितपुर । पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरी पुडासैनीलाइ पक्राउ गरिएको छ ।


सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेस्न पेस्की लिनका लागि आएका सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेको हो । टंगालबाट खटिई गएको टोलीले पुडासैनीलाई रु. बाइस हजार घुसररिसवत सहित पक्राउ गरिएको अख्तियार ले जनाएको छ ।

उक्त रकमसहित ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवत्ता
प्रदीपकुमार कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस