• २०८१ बैशाख १३ गते बिहिवार

हत्या गरेको अभियोगमा एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २७  रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आपसी वाद-विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि फरार रहेका तामाङलाई सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस