• २०८० फाल्गुन १० गते बिहिवार

मेरो नोबेल शान्ति पुरस्कार कोही अर्कैले लग्यो : राष्ट्रपति ट्रम्प

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २७ एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल शान्ति पुरस्कारको सबैभन्दा ठूलो हकदार आफू भएको बताएका छन् ।

ट्रम्पले ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अघिल्लो वर्षको नोबेल पुरस्कार खासमा आफूले पाउनु पर्ने दावी पेस गरेका हुन् ।

‘म तपाईंलाई नोबेल शान्ति पुरस्कारबारेमा बताउन चाहन्छु । मैले सहमति गरेँ र एउटा देशलाई बचाएँ । तर पछि मैले के सुने भने उक्त देश बचाएकोमा सोही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिइयो । त्यसपछि मैले आफैसँग भने – यसमा म के नै गर्न सक्छु र ? मुख्य कुरा वास्तविकता के हो हामीलाई थाहा छ । मैले एउटा ठूलो युद्धलाई रोके ।’

प्रतिक्रिया दिनुहोस