• २०८१ चैत्र २ गते आइतवार

इरानले गर्‍यो ठूलो गल्ती, माग्यो माफी

पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २७ एजेन्सी । इरानी सेनाले गत बुधबार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिबार स्विकार गरेको छ ।

इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्लाइट युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको थियो । बुधबार उडान भरेको केही समयपछि नै यसलाई तेहरानको बाहिरी इलाकामा खसालिएको थियो ।

इरानले इराकको अमेरिकी बेसक्याम्पमा मिसाइलमार्फत् हमला गरेको थियो र त्यसको केही घण्टापछि विमानलाई खसालिएको थियो । विमानलाई हतियार प्रयोग गरेर खसालिएको भन्ने विभिन्न देशको दाबीलाई  इरानले यसअघि अस्विकार गर्दै आएको थियो । सो विमान युक्रेनको राजधानी कियभ जाँदै थियो । यसमा १ सय ६७ यात्रु थिए भने चालक दलका ९ सदस्य थिए । उक्त विमानमा इरानका ८२, क्यानडाका १३ र युक्रेनका ११ नागरिक सवार थिए ।

प्रतिक्रिया दिनुहोस