• २०८१ माघ ९ गते बुधवार

ट्याक्टरमा टेम्पो ठोक्किँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष , २७ मोरङ । मोरङमा रोकी राखेको ट्याक्टरमा टेम्पो ठोक्किँदा टेम्पोमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शनिबार राति कानेपोखरी गाँउपालिका-६ मा सडक छेउमा रोकी राखेको को २ त २९३० नम्बरको हाते ट्याक्टरमा को १ ह ४३११ नम्बरको अटो टेम्पो ठोक्किँदा सोही गाँउपालिकाका  ७६ वर्षीय पुर्ण बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका परियारको विराटनगर स्थित नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका टेम्पो चालक सोही ठाउँका २२ वर्षीय रेवत परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस