• २०८१ चैत्र ३ गते सोमवार

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज २५, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । ज्वरो आई पीसीआर परीक्षण गराउँदा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।
उनी हिजो राती देखि नै पाटन अस्पतालमा भर्ना भएका छन् । मन्त्री पोखरेलेको सचिवालयले कोभिड–१९ पोजेटिभ आएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्री पोखरेलले डा. गोविन्द केसीको अनसन तोडाउने विषयमा छलफल गर्न सरकारी वार्ता टोलीलाई लिएर बालुवाटार पुगेका थिए । मन्त्री पोखरेल, सरकारी वार्ता टोली र प्रधानमन्त्रीबीच केहीबेर छलफल छलफल भएको बताइएको छ । सचिवालय सदस्य विनोद न्यौपानेले बालुवाटारमा छलफल गर्दा नै असहज महसुस भएपछि सिधै क्वाटरमा आएको र पाटन अस्पताल गएको बताए । उनले केही बेरअघि आएको रिपोर्ट पोजेटिभ भएको बताए ।

प्रतिक्रिया दिनुहोस