• २०८० फाल्गुन ११ गते शुक्रवार

४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस