• २०८२ बैशाख २९ गते सोमवार

रुकुम पुर्व अस्पतालमा एक्सरे मेसिन विग्रिदाको समस्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २६,रुकुम । जिल्ला अस्पताल रुकुम पुर्वमा एक्सरे मेसिन विग्रिदा समस्या भएको छ । विगत तिन महिनादेखि एक्सरे मेसिन बिग्रिदा एक्सरे गराउन अस्पताल आएका बिरामी मर्कामा परेका छन । गत असार १० गतेदेखि एक्सरे मेसिन बिग्रिएर थन्किएको जिल्ला अस्पताल रुकुम पुर्वका मेडिकल अधिकृत पुर्णबहादुर पुनले जानकारी दिए । हामि संग दुईवटा एक्सरे मेसिन छन पुनले भने, एउटा बिग्रिएर थन्किएको छ, अर्काे आवश्यक भवन नहुदा प्रयोगमा आउन सकेको छैन ।

रुकुमकोट स्वास्थ्यचौकी हुदाँको सुरुकाे एक्सरे मेसिन विद्युत हाई र लो भोल्टेज थेग्न नसकेर थन्किएको छ । अर्काे खरिद गरी ल्याइएको नयाँ एक्सरे मेसिन आवश्यक भवन नहुदा सञ्चालनमा ल्याउन नसकिएको पुनले बताए ।नयाँ एक्सरे मेसिन सञ्चालनमा ल्याउनको लागि भवन निर्माणको काम भइरहेकाले ढिलोमा तिहार सम्ममा एक्सरे सेवा सञ्चालनमा ल्याइने पुनले बताए । यसअघि जिल्ला अस्पतालमा २५० रुपैयाँमा एक्सरे गरिदै आएकोमा अहिले विरामिहरुलाई निजि मेडिकलमा ३५० देखि ४ सय भन्दा बढी शुल्क तिरेर एक्सरे गराउनुपर्ने बाध्यता रहेको छ ।

 

विग्रिएको मेसिन जिल्लामै मर्मत गर्न सम्भव नभएको र जारी लकडाउनका कारण बाहिरबाट प्राविधिक बोलाउन पनि नसकिएको अस्पतालले जनाएकाे छ । अहिले जिल्ला अस्पतालमा दैनिक ५ देखि ७ जना निमोनिया, हाड र छातिमा समस्या भएका विरामि एक्सरे गराउन आउने गरेका छन । उनिहरुलाई निजि मेडिकल तथा रुकुम पश्चिममा रिफर गर्ने गरिएको जिल्ला अस्पताल रुकुम पुर्वले जनाएको छ । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको जिल्ला अस्पताल रुकुम पुर्वमा एक्सरे सेवा ठप्प हुदाँ विरामिहरु बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन ।

प्रतिक्रिया दिनुहोस