भदौ २६, चितवन। पुरानो मेडिकल कलेजमा उपचाररत रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।
मृत्युपछि शुक्रबार बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।