• २०८१ मङ्सिर २३ गते आइतवार

आजको मौसम : देशभर मेघगर्जनसहित भारी वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २६, काठमाडौँ  । नेपालमा मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित भएकाले आज (शुक्रबार)देखि आइतबारसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको अधिकांश भू(भागमा सामान्य बदली रहने छ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का भू(भागका केही स्थानहरुमा मेघगर्जन र चट्यासहित पानी पर्ने सम्भावना रहेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्त्रै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस