• २०८२ जेष्ठ १ गते बुधवार

रुन्टीगढी अर्थात् मिडिया मैत्री गाउँपालिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदाै २६,राेल्पा ।  मानिसहरु भन्छन्– यो युग संचारको युग हो। आम नागरिकहरु मिडियालाई सबैभन्दा माथि देख्छन्। हरेक नागरिक हरेक निकायमा मिडिया मैत्री चाहान्छन्। नेपालमा संघीयताको विकाससँगै प्रदेश सरकार र स्थानीय सरकारको पनि परिकल्पना गरियो। प्रदेश सरकार र स्थानीय तह अहिलेसम्म कार्यनयन कै चरणमा छन्। यी निकाय कति मिडिया मैत्री छन्– सबैको चासोको विषय हो, यो।

कतिपय स्थानीय तह मिडिया मैत्री छैनन्– यो सत्य हो। तर, रोल्पाको रुन्टीगढी गाउँपालिका भने स्थानीय सरकारको भुमिका र काममा जनताको टिप्पणी वा उनीहरुको अपेक्षामा मिडिया मैत्री देखिएको छ। रुन्टीगढी स्थानीय सरकारले गाउँबासीका हरेक काम–कारवाही तथा आम जनताका गुनासोहरु सरल र सहज ढंगले सुन्ने वा सम्बोधन गर्ने कामलाई नै निरन्तरता दिएको छ।

गाउँपालिकाले गर्ने महत्वपूर्ण कार्यक्रमहरुमा मिडिया र मिडियाकर्मीलाई पूर्व आधिकारिक सूचना दिने गरेको छ। पत्रकार र मिडियालाई प्रभावकारी र जनतासँग रुन्टीगढी गाउँपालिकाको संवादलाई जोड्न बिभिन्न योजनाहरु बनाएको छ। गाउँपालिकाले केहि महिना अघि मात्रै बृहत होलेरी राष्ट्रिय मिडिया सम्मेलन समेत सम्पन्न गरेको थियो। होलेरीको उक्त सम्मेलनमा मुलधारका मडियाका सम्पादकीय नेतृत्वसहित देशभरका करिब एक सय पत्रकारहरुको सहभागिता भएको थियो। यसबाट पनि प्रष्ट हुन्छ कि– रुन्टीगढी स्थानीय सरकार मिडिया मैत्री छ।

पत्रकारहरुलाई गाउँपालिकामार्फत सूचना दिन कुनै कन्जुस्याई नगर्न गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले आधिकारिक निकायलाई निर्देशन समेत दिएका छन्। गाउँको विकास र समृद्धिमा सकारात्मक सुझाव दिएर आम संचारको भूमिका निर्वाह गर्न अध्यक्ष बुढामगरले अनुरोध गरेका छन्।

रुन्टीगढी गाउँपालिकाले गाउँसभा र गाउँ कार्यपालिकामार्फत यहाँको चौतर्फि विकासका लागि संघीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था र मिडियनको साझेदारी, समन्वय र सहकार्यमा सुरुदेखि नै अग्रस्थानमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस