• २०८१ पुष २९ गते सोमवार

बाँके प्रहरीले अबैध युरीया मल र पानको पात पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७, बाँके । बाँकेमा अबैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा पानको पात र युरीया मल सहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँकेको डुडुवा गाँउपालिका २ बेतहनीस्थित प्रहरी चौकीमा खटीएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १२ बोरा युरीया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुबास खड्काले जानकारी दिए ।

बरामद गरीएको मल आवश्यक कारवाहीकालागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको खड्काले बताए । त्यसैगरी डुडुवा गाँउपालिका ३ हलबलडोलि उचुवामा रहेको ईलाका प्रहरी कार्यालय बनकट्टीको टोलीले भन्सार छली अबैध रुपमा ल्याउदै गरेको पानको पात सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाँउपालिका ६ नयाँवस्तीका २६ वर्षिय शोभा कुर्मी रहेको प्रहरीले जनाएको छ । कुर्मीको साथबाट १० डोलि पानको पात, १ प्याकेट सुपर पावर सुर्ती र एउटा साईकल बरामद गरीएको जिप्रका बाँकेका प्रवक्ता खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस