• २०८१ माघ ११ गते शुक्रवार

आज कहाँ कति थपिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७ , काठमाडौँ । थप ६३८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौँमा ११०, ललिपतुरका १६ र भक्तपुुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३र३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३र१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की र सुर्खेतका ५५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३-३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २-२ मा संक्रमण देखिएको छ ।

यस्तै रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १-१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस