श्रावण २७, बाँके । नेपालगन्जमा ३ महिना पहिले नालि खन्ने क्रममा भेटिएको शिवको चाँदिको मुर्ति चोरी भएको छ । स्थानियका अनुसार मंगलबार राति मुर्ति चोरी भएको हो । करिब तीन महिनाअघि वडा नं। ७ मा रहेको रामजानकी मन्दिर छेउमा बाटो बनाउने क्रममा सो मुर्ति फेला परेकोे थियो ।
फेला परेको सो अष्टधातुको शिवको मुर्ति मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटो नभएकाले चोरीको घटना रहस्यमय बनेको छ । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएकोे जनाएको छ ।
https://khabar24nepal.com/2020/06/21/36643