साउन २७ ,एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका २०० सल्लाहकार तथा विज्ञहरु अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएप) र विश्व बैंकका जागिरे रहेको खुलासा भएको छ । पाकिस्तानी राजनीतिक दल अमिर जमात-ई-इस्लामी पाकिस्तानका नेतासमेत रहेका सांसद सिराज उल हाकले यदि कुनै मुलुकमा कार्यरत व्यवसायीहरु समृद्ध छैनन् भने देशको विकास हुन नसक्ने बताएका छन् ।व्यापारीद्वारा भुक्तानी गरिएको करमार्फत मुलुहरु सञ्चालन हुने बताउँदै उनले प्रधानमन्त्री खान आफैंले उनलाई माफियाले घेरेको स्वीकार गरिसकेको टिप्पणी गरेका छन् । उनले भने, “माफियाहरूले पीआईए, डब्लूएपीडीए र रेलवेलगायतका राष्ट्रिय संस्थाहरूलाई ध्वस्त पारेका छन् । कृषिमा निर्भर भएको मुलुक भनिएकोमा चिनी र पिठो पनि आयात गर्नुपर्छ ।”
उनले मुलुकलाई आईएमएफ एजेन्टहरूले बन्धक बनाएकोसमेत बताएका छन् । उनले भने, “सबै निर्णयहरू बाह्य दबाब र आईएमएफको स्वीकृतिसहित लिइँदैछन् । दुई दिनअघि सरकारले ‘पारस्पारिक कानुनी सहयोग (आपराधिक विषयमा) विधेयक २०२०’ पारित गर्यो । यस विधेयकको अभिप्राय आईएमएफको ‘डिक्टेटस’ स्वीकार्नु हो । पीपीपी र पीएमएल-एन पनि विधेयक पारित गर्न राजी भएका छन् । जब आईएमएफको कुरा आउँछ भने दुवै सरकार र विपक्षी एकजुट हुन्छन् ।”
सरकारले आर्थिक स्थिरताको धेरै दावी गरेको तर वास्तविकतामा यसले अर्थव्यवस्थाको जहाजलाई डुबाएको उनले बताए । उनले भने, “एक देश जसको अर्थव्यवस्था ध्वस्त छ । यसको भूगोल सुरक्षित हुन सक्दैन । यस सरकारले काश्मीरलाई भारतको गोदममा राखेको छ । शासक र राजनीतिक नेताहरूले एक अर्कालाई हिर्काउन नयाँ दुर्व्यवहारहरू आविष्कार गर्दैछन्, र आफूलाई अपमानित र आफैलाई बदनाम गर्छन् ।यी शासकहरूबाट कुनै राम्रो कुराको आशा गर्नु आफूलाई धोका दिनुजस्तै भएको बताएका छन् । उनले भने, “त्यस्ता नेताहरूलाई भोट दिएर राष्ट्रले गल्ती गरेको छ ।”
सांसद सिराज-उल-हाकले सरकारले व्यापारिक समुदायलाई आफ्नो मार्गमा सबैभन्दा ठूलो अवरोधका रूपमा लिएको बताएका छन् । उनले भने, “प्रधानमन्त्रीका २०० विज्ञहरू आईएमएफ र विश्व बैंक एजेन्ट तथा जागिरे छन् । तिनीहरू त्यहाँ कर्मचारीको रूपमा काम गर्थे । यी ती मानिस हुन्, जसले अर्थव्यवस्थालाई नष्ट गरिरहेका छन् । सरकारले भावी पुस्तालाई आईएमएफ र विश्व बैंकको दास बनायो । एकातिर शिक्षाको बजेटमा सरकारको पर्याप्त प्रावधान छैन भने अर्कोतर्फ यो नयाँ सहरको निर्माणमा झुकाव रहेको छ।”