श्रावण २७ , काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिएका छन् । कोरोना भाइरस कोभिड १९ को जोखिम रहेको भन्दै राष्ट्रिय सभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।
विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङका अनुसार ‘राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्नू, अन्यथा नराख्नू भन्ने निर्देशन भएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले जथाभावी बैठक नराख्न निर्देशन दिएपछि मंगलबारका लागि तय भएको दिगो विकास तथा सुशासन समिति बैठक स्थगित भएको छ ।