• २०८० मङ्सिर १२ गते मङ्गलवार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, दाङ । मंगलबार बिहान दाङको नारायणपुरमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुदा घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ वर्षीय विमल डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।डाँगीले चलाएको रा ४ प २५५१ नम्बरको मोटरसाइकल घरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस