साउन २७, काठमाडौं । बालाजु बाईपास क्षेत्रमा लामो समयदेखि स्थगित बाटो निमार्णको कार्य पुर्णता दिनका लागि दवाव स्वरुप स्थानीयले प्रर्दशन गरेका छन् । बालाजु बाईपासबाट बाइसधारा उधान आउने स्थानमा विगत लामो समयदेखि वाटो निमार्ण कार्य नहुदा बालाजु बाइपास कुरुप भएको भन्दै स्थानीयले प्रर्दशन गरेका हुन्।
नुवाकोट प्रवेशको नाका रहेको बालाजु बाईपासको यो स्थीतिले बालाजु बाईपासको क्षेत्र कुरुप मात्र होइन त्यहाको जनजिवन पनि कष्टकर वन्दै गइरहेको छ । करिब २०० मिटर बाटो नबन्दा सवारी साधनको जाम त हुदैछ दुर्धटनाको जोखिम पनि बढेको स्थानीयको गुनासो रहेको छ । लामो समय देखि अवरुद्ध सडक निर्माण कार्यको गतहप्ता मात्र सरकारले जिर्णघर भत्काई सडक निर्माणलाई पुर्णता दिन खोज्दा विवाद उत्पन्न भएको थियो । विवादका बिच सडक निर्माणको काम नरोकिओस भन्नका लागि काठमाडौं महानगरपालिका वडा नं. १६, तारकेश्वर नगरपालिका, ककनि गाउपालिकाका स्थानियहरुले बालाजुमा प्रर्दशन गरेका हुन ।
“पानी परे हिलो र घाम लागे धुलो उड्छ,हामिलाई त धेरै समस्या छ” एक स्थानियले बताए । उनले आक्रोश पोख्दै भने “२०२१ सालको नापीमा सरकारी भनी नापिएको जग्गामा बिस्तारै भोकचलन गर्दै गएर आफ्नो भनी राज्यबाट मुअब्जा पनि लिए । बाटो बनाउन पनि दिएनन् ।” प्रदर्शनका क्रममा स्थानियले सरकार बाटो चाँडै बनाइदेउ लेखिएको प्लेकार्ड बोकेका थिए ।