श्रावण २७ , काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यही अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्ने प्रक्षेण गरेका छन्। परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै उनले अहिले नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्मकै उच्च वृद्धिदर र जोखिम पनि उत्तिकै रहेको बताउदै संक्रमित ९१ हजारसम्म पुग्ने अनुमान गरेका हुन ।
उनले २५ देखि भाद्र २ सम्म कोरोना उच्च जोखिम हुने बिज्ञहरुले बताएको जानकारी दिए । यद्यपि सरकार सामान्य स्थिती कामय गर्न भरपुर लागि परेको बताए । उनले भने, ‘हालसम्म नेपालका करीब २४ हजार संक्रमित रहेका छन्, कोरोना नियन्त्रणमा सरकार लागिरहेको छ । ‘डिस्चार्ज भएका पनि ७३ प्रतिशतबाट घट्ने क्रममा रहेका छन् । सुरुबाटै पोजेटिभ केस थोरै देखिए पनि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ।
पछिल्लो समय सबैभन्दा धेरै १० हजार ७ सय ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको उनले जानकारी दिए ।