• २०८१ माघ ८ गते मङ्गलवार

ब्राजिलमा कोरोनाबाट एकै दिन ५९३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६,एजेन्सी । कोरोना भाइरसका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या पनि १ लाख १ हजार १३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ हजार २१३ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३० लाख ३५ हजार ५८२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २१ लाख १८ हजार ४६० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १५ हजार ९८६ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस