• २०८१ पुष २९ गते सोमवार

बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौँ । बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित ह्वात्तै बढेको छ । बाग्मती प्रदेशकै काठमाडौं उपत्यकामा समयमै संक्रमितको पहिचान गर्न नसकेमा ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा जनस्वास्थ्यविद्ले औंल्याउँदै आएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पनि सातवटा प्रदेशमध्ये बाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या उच्च रहेको प्रष्ट पार्छ । ५ सयभन्दा बढी संक्रमित हुने ४ जिल्लामध्ये काठमाडौँ जिल्ला पनि एक हो ।

काठमाडौं उपत्यकामा सोमबारसम्म संक्रमितको संख्या एक हजार एक सय ८० पुगेको छ । काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस