• २०८१ जेष्ठ ३० गते बुधवार

ट्रम्पले पत्रकार सम्मेलन गरिरहँदा गोली चल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, एजेन्सी । सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए । केही बेरपछि बाहिर आएर ‘स्थिति नियन्त्रणमा छ’ भन्दै उनले पत्रकार सम्मेलन जारी राखेका थिए। पत्रकार सम्मेलन छाडेर भित्र गएको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका थिए ।अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो आफूलाई लागेको उनले बताए । उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए ।

 

उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ। ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस