• २०८१ माघ ११ गते शुक्रवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २७, काठमाडौँ । आज उपत्यकामा हुने कार्यक्रमहरू

१.पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको विरोध तथा जनजागरण अभियान अनुसार पशुपति क्षेत्र अन्तर्गत गुहेश्वरी पन्चकन्या,खरिबोट,गौरीघाट र उमाकुण्डका सामाजिक धार्मिक संघ संस्थाहरू र टोल बासिहरू संग विषेश छलफल कार्यक्रम गर्ने ।
स्थान :- गुहेश्वरी मन्दिर मोटर पार्क ।
समय :- ७:०० बजे ।

२.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीले बालाजुमा भएको गैर न्यायिक सडक बिस्तारको बिरुद्ध रिले अनसन बस्ने ।
स्थान :- बालाजु ।
समय :- ८:०० बजे ।

३.दिगो बिकास तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १३:०० बजे ।

४.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।

५.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

प्रतिक्रिया दिनुहोस