• २०८१ माघ ११ गते शुक्रवार

हरेक बर्ष झै आज पनि कृष्ण जन्माष्टमी मनाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७, काठमाडौं । आज भगवान् श्रीकृष्णको जन्म भएकोले श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ। विगतमा आजको दिन घोडाघोडी मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण भक्तालु को चाप कम हुने देखिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर भक्तालुको चाप कम हुने देखिएको छ। कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन घोडाघोडी गुरुकुलका प्रधानाध्यापक शङ्कर प्रसाद सञ्ज्यालले जानकारी दिनुभएको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

प्रतिक्रिया दिनुहोस