• २०८१ माघ ११ गते शुक्रवार

दिर्घजीवी अनुसन्धात्मक समाजसेवी फाउण्डेशनद्वारा राहत वितरण

खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

असार २७, कैलाली । दिर्घजीवी अनुसन्धात्मक समाजसेवी फाउण्डेशनले धनगढी उपमहानगरपालिकाको फुलबारीका पाँच परिवारलाई राहत सामग्री वितरण गरेको छ। कोरोना भाइरसबाट सृजित समस्या बाट ग्रसित अतिविपन्न परिवारलाई एक कट्टा चामल र २ किलो दालका दरले पाँच परिवारलाइ राहत वितरण गरेको संस्थाका सदस्य प्रकाश जोशीले बताए।

यसैगरी उनले आगामी दिनमा थप बिपन्न परिवारलाई राहत सामग्री वितरण गर्ने लक्ष्य रहेको बताए हुन । साथै उनले सहयोगी मनहरुलाई पनि सहयोग लागि अपिल गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस