• २०८१ जेष्ठ ५ गते शनिवार

ट्याक्सी दुर्घटना हुँदा सवारी चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वढा नं. ५ माझीटार स्थित पासाङ ल्हामु राजमार्गमा बिदुरबाट गल्छीतर्फ जादैं गरेको ट्याक्सी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । बिदुरबाट गल्छीतर्फ गईरहेको बा.२.ज ५२३३ नं. को ट्याक्सी अनियन्त्रित भई सडकको बाँया साईडमा रहेको पानी बग्ने नहरमा फस्न गई दुर्घटना भएको हो ।

दिउँसो २ बजे ट्याक्सी दुर्घटना हुदाँ उपचारको लागी अस्पताल लाने क्रममा सवारी चालक धुनिबेसी न.पा.वडा नं. ०७ का बर्ष ५२ को नवराज खत्रीको मृत्यु भएको हो । ट्याक्सीमा सवार नुवाकोट तादी गा.पा. वडा नं. ०२ बस्ने बर्ष ५१ को ज्ञानेन्द्र शिलवालको अबस्था भने सामान्य रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस