• २०८२ बैशाख ६ गते शनिवार

बालाजु बृत्तमा कार्यरत इन्सपेक्टरलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौँ । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस