असार २७, रोल्पा । थबाङ गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । थबाङ गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले वर्षायाम शुरु भए सँगै देशका विभिन्न ठाँउहरुमा बाढीपहिरोले जनधनको ठुलो क्षति पुर्याउन थाले पछि हाम्रो गाउँपालिकामा पनि भैपरि आउन सक्ने विपदबाट के कसरी सर्तक रहन सक्छौ भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।
उक्त बैठकले थबाङ गाउँपालिकाका ५ वटै वडा बाढी पहिरोको जोखिम क्षेत्रहरु छनौट गरि उक्त जोखीम क्षेत्रहरुमा वडाको विपद व्यवस्थापन समितिले जोखिम क्षेत्रमा त्यहाका स्थानियहरुलाई विपद सम्बन्धी सचेतना तथा पुर्व सर्तकता अपनाउनको लागी सुचना गर्ने समेत बैठकमा छलफल गरिएको छ । विपद व्यवस्थापन समितीले थबाङ गाउँपालिका वडा नं १ को चिटिवाङ, झकेबाङ, क्षेत्रलाई पहिरोको उच्च जोखिम सुचीमा राखेको छ भने वडा नं २ को छेर्लोबाङ, कोइजोबाङ, मरानथान पहिरोको जोखीम क्षेत्र , दहबाङ बाढीको जोखीम क्षेत्रको सुचीमा राखेको छ , ३ नं वडाको प्रजा , छाप, सैपु ,पहिरा गारा, निम्कुम क्षेत्रलाई पहिरोको जोखिम क्षेत्र र टुटु बजार क्षेत्रलाइ बाढीको जोखीम क्षेत्रको सुची मा राखिएको छ ।
त्यस्तै वडा नं ४ को रिग ,जुत्तर पहिरो को जोखीम क्षेत्र र वडा नं ५ को लगन्जा, मैदुङ, नेटावाङ, ठुलोगाउँ, दाङसगा बेशी र कम्फु क्षेत्रलाइ पहिरोको उच्च जोखिम क्षेत्रको सुचीमा राखिएको छ भने थबाङ खोला, उवा खोला र मिरुल खोलाबाट वर्षायामको समयमा खोलामा जाथाभावी वारपार नगर्नको लागी विपद व्यवस्थापन समितीले खोलाको उच्च जोखीम क्षेत्रमा रुपमा राखेको छ । थबाङ गाउँपालिकाको कार्यलय थबाङमा बसेको बैठकमा थबाङ गाउँपालिकाका ५ वटै वडा वडाका वडा अध्यक्ष,र्यापालिका सदस्य, गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यलय थबाङका प्रमुख तथा प्रतिनिधी लागायतको उपस्थित रहेको थियो ।