जेष्ठ २९, कैलाली । प्रहरी प्रधान कार्यालय नक्साल,काठमाडौमा कार्यरत प्रहरी नायव निरिक्षक नेत्र बहादुर शाहीको आर्थिक सहयोगमा सहयोगमा घोडाघोडी नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण गरीएको छ । वडा नम्बर १ कालिका आधारभुत बिद्यालयका सिङ्रुवा बेलकोट र छडि माध्यामिक विद्यालय बेलारमा आश्रय लिईरहेका १ सय १जनालाई अण्डा,चना, पानि वितरण गरीएको हो ।
बेलार निवासि प्रहरी नायव निरिक्षक नेत्र बहादुर शाहीको आर्थिक सहयोगमा उपलब्ध भएको खाजालाई बेलार युवा क्लबका युवाहरुको समन्वयमा वितरण गरिएको हो । आपतकालिन अवस्थामा सरकारमात्र नभई आफुहरुले सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराएको नेत्र बहादुर शाहीले बताए । यस्तो अवस्थामा एक अर्काको आलोचना भन्दा पनि जनता र सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने बताउदै शाहि ले सबै मिलि सहयोग गर्न आग्रह समेत गरेका छन् ।
खाजा वितरणमा नरेन्द्र कठायत, कृष्ण शाही, प्रकाश शाही, कमल सेजवाल र बिकास शाही युवाहरुको सहभागीता रहेको थियो । क्वारेन्टाइनमा नास्ता उपलब्ध गराएकोमा क्वारेन्टाइनमा बसोबास गर्ने मानिसहरूले धन्यवाद व्यक्त गरेका छन् ।