• २०८१ जेष्ठ ३१ गते बिहिवार

सुनवल नगरपालिकामा पहिलो पटक ६ जनामा कोरोना पुष्टि

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १३ का २२ र २८ वर्षका दुई जना, वडा नम्बर १२ का ३९ वर्षका एक जना, वडा नम्बर ९ का २२ वर्षका एक जना, वडा नम्बर ४ का ४५ वर्षका एक जना रहेका छन् । सक्रमित सवै पुरुष हुन् ।

सुनवल नगरपालीकाले आफै भिटिएम खरिद गरेर १ सय ४३ जनाको स्वाब संकलन गरि पठाएकोमा ६ जना बाहेक सबैको रिपोर्ट नगेटिभ आएको छ । संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी प्राप्त भएको छ । यो संगै जिल्लामा कोरोना सक्रमितको संख्या ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस