जेठ २९, सुनसरी । धरान उपमहानगरपालिका वडा नं. १४ मा रहेको सेउती खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । धरान १४ विजयपुरका १६ बर्षीय मनिराज राई नजिकै रहेको सेउती खोलामा रहेको झोलुङे पुल मुनी मृत अवस्थामा फेला परेका हुन् ।
धरान १४ मा रहेको दन्तकाली माविमा कक्षा ७ मा पढ्दै गरेका उनि आमाले छोडेर गएपछि बुबासंगै दिदीको घरमा बस्दै आएकोमा राती घरमै सुतेका उनी विहान ५ बजेको समयमा आफन्त तथा स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । राईको शव झोलुङेपुलबाट १५ मिटर तल सेउती खोलामा पाइएको थियो । घट्ना स्थलमा मृतक राईले एउटा हातमा मोवाइलको कभर बोकेको र उनले चलाएको मोवाइल भने केहिपर रहेको थियो । उनको टाउकोमा गहिरो चोट लागको थियो ।
स्थानीयहरुले समेत आफन्तहरुले मनिराजको मृत्यु रहस्यमय भएको् बताएका छन् । इलाका प्रहरी कार्यालय धरानले घटनाको थप अनुसन्धान गरिरहेको छ ।