• २०८१ साउन ८ गते मङ्गलवार

आजको मौसम : मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जनाए अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व(पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसका प्रभावले हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू(भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू(भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस