• २०८२ बैशाख २९ गते सोमवार

दाङको ग्वारखोलामा अख्तियारको अनुगमन एवंम छानबिन

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, दाङ । तुलसीपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजको टोलीले दाङको ग्वारखोलामा अनुगमन गरेको छ । मापदण्ड विपरित ग्वारखोलाबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खन्न भइरेहेको भन्ने खबरका आधारमा अनुगमन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरले बताए ।

जिल्ला समन्वय समिति दाङले ग्वारखोलामा अनुगमन गरेको भोलीपल्ट अख्तियारको टोलीले अनुगमन गरेको हो । जिल्ला समन्वय समितिले सोमबार अनुगमण गरेको थियो । यस्तै अख्तियारको टोलीले तुलसीपुर उपमहागनरपालिकाको राजश्व तथा प्रशासन शाखाबाट आईइइ रिपोर्ट समेत लगेको छ । तुलसीपुर उपमहानगरपालिकाले ग्वारखोलाका विभिन्न ९ स्थानमा आईइइ गरेर ढुङ्गाजन्य वस्तु उत्खन्नका लागि अनुमति दिएको राजश्व तथा प्रशासन शाखा प्रमुख ललित घर्तीले जानकारी दिए ।

यस्तै अख्तियार नेपालगंजका प्रमुख गणेश गैरेले उजुरीका आधारमा अध्यननका लागि आईइइ फाईल झिकाएको बताए ।

प्रतिक्रिया दिनुहोस