• २०८२ बैशाख ५ गते शुक्रवार

पानी बिनाको माछाजस्तै कुर्ची बिनाका नेता !

खिम राज गिरी  पढ्न लाग्ने समय : १ मिनेट

जसरी पानीबिना माछा जीवित रहन असम्भव हुन्छ, त्यसरी नै नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रा राजनेताहरु सत्ता बाहिर हुंदा राष्ट्रियताको नाममा अनेक तर्कनाहरु लिइ जनताको मनमा रांको बलाउन पनि पछि पर्दैनन तर जब कुर्चीको वरिपरि पुग्छन तब रास्टृयता तिनिहरुको लागि ग्रहण लागेको चन्द्रमाजस्तो हुन्छ ।

तसर्थ जब परिवारमा घर भांडिन्छ, बांदरबाट तोरीबारी माडिन्छ, बिरालोबाट बच्चा सारिन्छ, सामाजिक सन्जालका बडारिन्छन, राजनीतिज्ञहरु मडारिन्छन तब सम्झिनुहोस त्यंहा अनिष्ठ हुन्छ भनेर ! त्यसैले बाहिर बसेर बोल्न जति सजिलो हन्छ जिम्मेवार पदमा बसेर बक्तब्य दिन धेरै गार्हो हुन्छ ! नेता तथा सामाजिक अभियन्ताले सार्बजनिकरुपमा बोल्दा, पुर्ब तयारी नगरी मन्तब्य दिंदा उचित गन्तब्यमा पुगिदैन भन्ने कुराको पनि हेक्का राख्ने कि !

अन्यथा गाई बस्तु बिनाको गोठ, यहि रित्तो गोठका उपिंयाहरु, मुस्कान बिनाको ओठ अनि फलफुल बिनाको बोट भएन र ?

प्रतिक्रिया दिनुहोस