• २०८२ बैशाख २९ गते सोमवार

थप १० मा कोरोना संक्रमण, संक्रमित संख्या १२०

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौं । नेपालमा थप १० जनामा कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

Image

प्रतिक्रिया दिनुहोस