• २०८२ बैशाख ७ गते आइतवार

आजको मौसम : केही स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौं । आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ। यस्तै राती देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ। जसको प्रभावले देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

महाशाखाले देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक साबधानी अपनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस