• २०७९ असोज ९ गते आइतवार

जोखिमपूर्ण कार्यमा खट्ने प्रहरीलाई सांसद बस्नेतद्वारा अत्यावश्यक सामाग्री वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
५०० लिटरको हातधुने टेंकी ८ वटा, ३०० पिस पञ्जा, २ सय ९६ पिस पकेट सेनेटाइजर, ५ लिटर सेनेटाइजर, ५०० पिस मास्क, १५ पीपीई लगायतका रहेका छन् । ८ वटा टेंकीमा एक वटा महानगरीय प्रहरी कार्यालय, एक वटा जगाती प्रहरी वृत्त, एक वटा थिमी वृत्त तथा वाँकी पाँच वटा प्रहरीले आवश्यकता रहेको ठाउँमा आफै राख्ने गरी सांसद बस्नेतले हस्तारन्तरण गर्नुभएको हो । त्यस्तै १५ वटा पीपीईमा परिसरलाई पाँच वटा, थिमी वृत्तलाई पाँच वटा तथा जगाती वृत्तलाई पाँच वटा हस्तान्तरण गर्नुभयो ।
त्यस्तै परिसरलाई ९६ पिस सेनेटाइजर, थिमी वृत्तलाई ७५ पिस तथा जगाती वृत्तलाई ७५ पिस पकेट सेनेटाइजरसमेत हस्तान्तरण गर्नुभयो । उहाँले प्रहरीलाई उहाँले वितरण गर्नुभएको सामाग्रीमा एक प्रहरी एक सेनेटाइजरको व्यवस्था गर्नुभएको हो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त अत्यावश्यक सामाग्रीहरु भक्तपुर प्रहरी परिसका प्रमुख (एसपी) सविन प्रधान, जगाती वृत्तका प्रमुख (डिएसपी) चक्रराज जाशी, थिमी वृत्तका प्रमुख (डिएसपी) शान्तिराज कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस