चैत २९, प्युठान । भण्डारी अण्डा सप्लायर्स जुम्री र मेगा फर्निचर उद्योग बिजुवार प्युठानले लकडाउन कार्यान्वयन तथा आपराधिक घटना न्यूनीकरण गर्न खटिएका प्रहरीलाई अण्डा ,फ्रुटि , पानी उपलब्ध गराएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सम्भावित संक्रमण नियन्त्रण गर्न दिनरात खटिने प्रहरीलाई सनिवार करिब १० हजार रकम बराबरको खाजा सामग्री उपलब्ध गराएको हो।
सरकारले घोषणा गरेको लकडाउनको समयमा चाैबिसै घन्टा सुरक्षार्थ खटिने प्रहरीले पानी समेत खान नपाउने अवस्था रहेकाले खाजा तथा पानी उपलब्ध गराइएको भण्डारी अण्डा सप्लायर्सका सन्चालक गिरीराज भण्डारीले बताए । ‘दिनको चर्को घाम र रातको निद्रा पनि नभनी भोकभोकै हाम्रो सुरक्षार्थ प्रहरी खटिएका छन्,’ उनले भने, ‘मानवीय हिसाबले अण्डा, फ्रुटी र पानी उपलब्ध गराएका हौँ ।’आफुहरुले उपलब्ध गराएको सामग्री जिल्लाभर खटिने सुरक्षाकर्मीलाई वितरण गरिने भण्डारीले बताए । लकडाउन उल्लङ्घन भए नभएको हेर्न र व्यवस्थित गर्न सुरक्षाकर्मी अहोरात्र खटिएको भन्दै आदेश नै मिचेर नागरिक घर बाहिर निस्किए प्रहरीको फेला परी सडकमा आएकालाई तीन घण्टा कटाउन कति असहज महसुस गर्छन्? तर उनीहरुसँगै तीन घण्टा होइन २४ औं घण्टासम्म त्यही सडकमा खटिने प्रहरीलाई झन् के होला? जस्ता प्रश्न तेर्साउदै भण्डारीले उहाँहरुले गरेको कामको उच्च सम्मान तथा प्रसंसा स्वरुप यस्तो अभियान सुरु गरिएको बताए ।
अस्थायी प्रहरी पोस्ट बाग्दुला बाट सुरु गरिएको यस्तो अभियान मरन्ठाना,बिजुवार,जुम्री,क्वाडी, चकचके, देबिस्थान, भिङ्री लगायतका क्षेत्रमा बितरण गरिएको भण्डारीले जानकारी दिए। त्यस्तै मेगा फर्निचर उद्योगका संचालक सुर्यचन्द्र खनालले आफुहरुले सस्तो लोक प्रियता देखाउन यस्तो अभियान सुरु नगरेको बताए । सरकारले घोषणा गरेको लकडाउनको समयमा मात्र होईन अन्य समयमा पनि सुरक्षाकर्मि साथिहरु बिहान झिसमिसे देखि रातिसम्म तैनाथ छन्।
उद्योग बाणिज्य संघका बस्तुगत सदस्य तथा युवा बब्यसायी खनालले -“भने सडकमा यसपटको सुरक्षाकर्मीको खटाइ अन्य समयको भन्दा फरक छ। कुनै पार्टीको बन्दको घोषणा, विशिष्ट व्यक्तिको आगमन अथवा कुनै आमसभा आन्दोलन नियन्त्रण गर्न खटिनु परेको छैन। त्यसैले भलै कुनै मानसिक र भौतिकरुपमा सुरक्षित तुल्याउनु परेको छैन। तर, खटाइ कम छैन।”