• २०८१ बैशाख १३ गते बिहिवार

तारकेश्वरमा करेन्टाइनमा रहेकाको निरिक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २९, नुवाकोट । नुवाकोट तारकेश्वर गाउँपालिकामा होम करेन्टाइनमा रहेका निरिक्षण सम्पन्न भएको छ । संघिय सांसद नारायण प्रसाद खतिवडा, नुवाकोट प्रहरी प्रमुख प्र.उ. अवि नारायण काफ्ले, तारकेश्वर गा.पा.का.अध्यक्ष रमेश बहादुर वस्ती लगायतले निरिक्षण गरेका हुन ।

नुवाकोट जिल्लाको अन्य स्थानिय तहमा भन्दा तुलनात्मक रुपमा बढि संख्यामा कोरोनाको संक्रमण पश्चात भारतबाट ज्याला मजदुरी गरी घर फिर्ता भएका व्यक्तिहरु तारकेश्वर गा.पा. का स्थानिय बासिन्दाहरु रहेकोले उच्च जोखिममा पर्न गएको हुँदा सम्बन्धित वडाका वडाध्यक्षहरु तथा पत्रकार सहितको संयुक्त अनुगमन टोली गाउपालिकाको ६ वटै वडाहरुमा गई निरिक्षण गरेका हुन । भारतबाट फिर्ता भई होम करेन्टाइनमा राखिएका व्यक्तिहरुको दैनिक दिनचर्या एबम् हालको अबस्था बुझ्नुको साथै स्वास्थ्य चौकीमा दैनिक चेकजाँचको लागी आउने बिरामीको अभिलेख तथा मौज्दात औषधी लगायत व्यक्तिगत सुरक्षात्मक सामाग्री र स्थापना गरिएका क्वारेन्टाईन रुमको अनुगमन समेत गरिएको थियो ।

साथै अनुगमनको क्रममा होम करेन्टाइन राखिएका भारतबाट फिर्ता भएका व्यक्तिहरुमा कुनै पनि समस्याहरु नदेखिएको एबम् सम्प्रेषित प्राबधानहरु पालना गरेको पाइएक थियो । स्वास्थ्य चौकीमा ज्वरो आई चेकजाँच गर्न आउनेको संख्या सामान्यत कमै रहेको र हालसम्म औषधी पर्याप्तता नै रहेको, बिपन्न परिवारहरुको लगत संकलन गरी गाउपालिकाबाट राहत बितरण गर्ने तयारी भई रहेको समेत गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस