फागुन २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमाँ घरमा बम बिस्फोट घटनाको निन्दा गरेका छन् । उनले घटना आतंककारी समूहले गराएको टिप्पणी समेत गरेका छन् । नेकपा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् ।
पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको हो भने बम बिस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ । मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको छ ।
विज्ञप्ती