• २०८१ बैशाख १३ गते बिहिवार

सुनिलस्मृति गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २८, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको सातौँ गाउँसभा बुधवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न गरेको छ । गाउँपालिकाको छैठौँ गाउँसभाबाट पारित भई चा.लु. आ.व. २०७६/०७७ मा कार्यान्वयन हुने केहि योजना तथा कार्यक्रमहरुको नाम संशोधन तथा रकमान्तर सम्बन्धी प्रस्ताव पेश गर्न सभाका अध्यक्ष घर्तीले आर्थिक विकास समिति संयोजक गञ्ज बहादुर क्षेत्रीलाई समय उपलब्ध गराउनु भएको थियो भने आर्थिक विकास समिति संयोजक क्षेत्रीले चा.लु. आ.व. २०७६/०७७ मा कार्यान्वयन हुने केहि योजना तथा कार्यक्रमहरुको नाम संशोधन तथा रकमान्तर सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो भने सभाले प्रस्तावित योजना तथा कार्यक्रमहरु सर्वसम्मत स्वीकृत गरेको थियो ।

गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजनाहरुको प्रस्ताव र गाउँपालिका भित्रका विभिन्न सडकहरुको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्न सभाका अध्यक्ष घर्तीले पूर्वाधार विकास समिति संयोजक अर्जुन सुवेदलाई समय उपलब्ध गराउनुभएको थियो पूर्वाधार विकास समिति संयोजक सुवेदीले प्रथम पञ्चवर्षिय योजनाहरुको प्रस्ताव र गाउँपालिका भित्रका विभिन्न सडकहरुको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो भने सातौँ गाउँसभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

त्यसैगरि गाउँपालिका भित्र रहेका भवनहरुको अभिलेखिकरण गर्न आवश्यक भएको हुँदा भवन अभिलेखिकरण कार्यविधी, २०७६ तत्काल तयार गरि कार्यान्वयन गर्न सभाबाट कार्यपालिकालाई निर्देशन गर्नुपर्ने कारण र औचित्य सम्बन्धी पुष्टयाइ सहित प्रस्ताव पेश गर्न सभाका अध्यक्ष घर्तीले सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेलाई समय उपलब्ध गराउनुभएको थियो भने सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत पार्धेले भवन अभिलेखिकरण कार्यविधी, २०७६ तत्काल तयार गरि कार्यान्वयन गर्न सभाबाट कार्यपालिकालाई निर्देशन गर्नुपर्ने कारण र औचित्य सम्बन्धी पुष्टयाइ सहित स्वीकृतका लागि प्रस्ताव पेश गर्नुभएको थियो भने सातौँ गाउँसभाले सर्वसम्मत स्वीकृत गर्दै सातौँ गाउँसभा सभाका अध्यक्ष घर्तीले समापन गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस